पर्वतका स्थानीय तहद्वारा ७०० भीटीएम खरिद « Khabarhub

पर्वतका स्थानीय तहद्वारा ७०० भीटीएम खरिद


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढेपछि कोरोना परीक्षणको दायरा बढाउन पर्वतका स्थानीय तहले भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका छन् ।

नमूना सङ्कलन गरेर पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालासम्म स्वाब पठाउनका लागि भिटिएम खरिद गरिएको हो ।

पर्वतका सात स्थानीय तहले ७०० भिटिएम खरिद गरेका हुन् । हरेक पालिकाले एक–एक सयका दरमा भिटिएम खरिद गरेको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए ।

उनका अनुसार धेरैजसो पालिकाले खरिद गरेका भिटिएम जिल्लामा आइसकेका छन् । जिल्लाको तथ्याङ्क अनुसार भारतबाट मात्रै दुई हजार १०० आउने र तेस्रो मुलुकबाट पाँच हजार ५०० जना फर्कने अनुमान गरिएको छ ।

प्रदेश र सङ्घीय सरकारसँग पनि कोरोना परीक्षणका लागि आवश्यक सामग्री माग गरी पठाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

पर्वतका स्थानीय तहको समानुपातिकरूपमा खर्च हुने गरी कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा ८० श्ययाको प्रिआइसोलेसन वार्ड तयार भएको छ भने यसअघि नै २० शैयाको आइसोलेसन अस्पताल सञ्चालनमा आइसकेको छ ।

योसँगै आइसोलेसनको सङ्ख्या १०० पुगेको छ । कुश्मा र छिमेकी पालिकामा रहेका क्वारेन्टाइनको खर्चसमेत पालिकाले नै व्यहोर्दै आएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ८ : ५१ बजे

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका