कोरोना भाइरस : विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी संक्रमित


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

आइबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २८ हजार ४०३ नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुनेको संख्या ७८ लाख ५९ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ३२ हजार १६८ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा देखिएको महामारीबाट संक्रमित ३४ लाख १ हजार ८७० जनाको उपचार भइरहेको छ भने ४० लाख २५ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार बिहानसम्म १ लाख ८२ हजार ५८० जनाको मृत्यु भएको छ ।

२१ लाख ९० हजार १२२ जना संक्रमित भएकोमा ११ लाख ५८ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार १३५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ५४ हजार ५०१ पुगेको छ । त्यसमध्ये १० लाख ४९ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३९ हजार ४७६ जनाको मृत्यु भएको छ । १५ लाख ७७ हजार ६७२ जना संक्रमित भएकोमा ९ लाख ६६ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५९ हजार ११५ जनाको मृत्यु भएको छ । १३ लाख ८७ हजार ७६७ जना संक्रमित भएकोमा ७ लाख २८ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार २८३ जनाको ज्यान गएको छ भने २ लाख ३५ हजार ७०४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८ हजार ८३५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९१३ जना संक्रमित भएकोमा ८ हजार ४०० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ७ : ०० बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले