आजको राष्ट्रियसभा बैठकमा संविधान संशोधन विधेयक टेबुल गरिँदै « Khabarhub

आजको राष्ट्रियसभा बैठकमा संविधान संशोधन विधेयक टेबुल गरिँदै


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधान संशोधन विधेयक आज राष्ट्रियसभा बैठकमा टेबुल गरिदैछ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ टेवुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयक सभा समक्ष पेश गर्दै छन्। संविधान दोस्रो संशोधन विधेयक हिजो प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको छ।

यस्तै आज प्रतिनिधिसभा बैठक पनि बस्दैछ। बिहान ११ बजे बस्नै बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विभिन्न विधेयक पेश गर्ने कार्यसूची छ।

बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७७ दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री डाक्टर शिवमाया तुम्वाहाङफेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उनले नै केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १० : ४१ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा