भरियो क्वारेन्टिनको शौचालय « Khabarhub

भरियो क्वारेन्टिनको शौचालय


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्ला सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिकाले कुनै वास्ता नगर्दा हवाई र स्थलमार्गबाट जिल्ला भित्रिएका सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका क्वारेन्टिनमा बसेका नागरिकलाई समस्या भएको छ ।

वडा नं १ र २ दुई रहेको जिल्लाकै ठूलो जनसंख्या रहेको ठेहेको क्वारेन्टाइनमा आफूहरुलाई न्यूनतम मापदण्डानुसार स्थानीय सरकारले सेवासुविधा दिन नसकेको क्वारेन्टाइन बस्ने नागरिकले गुनासो गरेका छन् ।

भारत र देशका काठमाडौँ, सुर्खेत, बाँकेलगायत क्षेत्रबाट आएका नागरिकलाई एउटै भवनमा राखिएको छ । उनीहरुले एउटै शौचालय प्रयोग गर्दै आएका छन् ।

क्वारेन्टाइन व्यवस्थित हुन नसक्दा महिला र पुरुषले एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको वडा नं १ की रुपा भण्डारीले बताइन । उनका अनुसार क्वारेन्टाइनमा शौचालय भए पनि फोहोर भरिएको, खानेपानीको व्यवस्था नभएको तथा पानी घरबाट ल्याएर खानुपर्ने अवस्था छ ।

गाउँमा एकैपटक पाँच/छ सय नागरिक भित्रिएपछि व्यवस्थापन गर्न समस्या भएको वडाध्यक्ष नरबहादुर भण्डारीले बताए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १२ : ०० बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि