पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज, हालसम्म १०४१ जना संक्रमित निको भए « Khabarhub

पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज, हालसम्म १०४१ जना संक्रमित निको भए


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमण भइ निको हुनेको संख्या १ हजार ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ हजार ४१ पुगेको हो ।

हालसम्म निको हुने संक्रमितको संख्या मध्ये  १०४ जना महिला र ९३७ पुरुष रहेका छन् ।

सोमबार थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार २११ पुगेको जानकारी दिएका हुन् । जसमध्ये ४७१ महिला र ५७४० पुरुष रहेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ४ : ४३ बजे

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह