क्वारेन्टाइमा सामूहिक बलात्कार घटनामा संलग्नलाई कारबाहीको माग | Khabarhub Khabarhub

क्वारेन्टाइमा सामूहिक बलात्कार घटनामा संलग्नलाई कारबाहीको माग


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको  क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको एक क्वारेन्टिनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नमाथि कारबाहीको माग गरेको हो ।

“क्वारेन्टिनमा बलात्कार जघन्य अपराध । दोषीलाई कारबाही गर, क्वारेन्टिनको बेथितिमा सरकार आफ्नो अनुहार हेर,” प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा छ ।

अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टिनबाट नागरिक भागेका र क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ ।

“अन्ततः बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले मापदण्डविपरीतका अव्यवस्थित क्वारेन्टाइन कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।

तीनै वटा सरकार क्वारेन्टिनमा एउटा चेलीको रक्षा गर्न असमर्थ रहेको भन्दै कांग्रेसले यो भन्दा लज्जास्पद घटना अर्को केही हुन नसक्ने जनाएको छ ।

सरकारले कोरोना रोकथाममा चालेको कदमविरुद्ध दबाब दिन नेपाली कांग्रेसले असार २ गते स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ४० बजे

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४