झापामा मिर्गौला रोगी बृद्धको शव उठाउन गाउँलेको अवरोध « Khabarhub

झापामा मिर्गौला रोगी बृद्धको शव उठाउन गाउँलेको अवरोध


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको मेचीनगर नगरपालिका–११ का एक बृद्धको मृत्यु कोरोना संक्रमणले भएको आशंकामा शव व्यवस्थापनमा गाउँलेले ६ घण्टासम्म अवरोध गरेका छन् ।

मिर्गौला खराब भएर मृत्यु भएका वृद्धलाई कोरोना संक्रमण भएको आशंका गर्दै गाउँलेले सोमबार छ घण्टासमम्म दाहसंस्कार गर्न रोकेका हुन् ।

बृद्धको मृत्यु कोरोनाले भएको आशंकापछि गाउँलेले शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए ।

घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गौला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँलेले घरबाट उनको शव उठाउन दिएका थिए ।

मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले शुक्रबार घर फर्काएको थियो ।

उनको सोमबार बिहान ८ बजे घरमै मृत्यु भएको हो । ‘नोबेल अस्पतालको रिपोर्ट हेर्दा कोरोना भएको देखिँदैन’, नगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले भनिन्, ‘दुवै मिर्गौला खराब भएको रहेछ । गाउँलेलाई सबै कुरा बताएपछि मात्र अन्त्येष्टि गर्न दिए ।’

पालिकाले चार जना गाउँलेलाई पीपीई, पञ्जा र मास्क दिएपछि शव उठाएर दाहसंस्कार गरिएको थियो । मृतक भारतीय सेनाबाट निवृत्त भएका हुन् ।

उनी बन्दाबन्दीअघि पेन्सन थाप्न भारतको बागडुग्रास्थित हात्तीसारको पेन्सन अफिसमा गएका थिए ।

बन्दाबन्दी भएसँगै भारतमै छोरीज्वाइँको घरमा बसेका उनलाई बिरामी भएपछि एक हप्ताअघि मात्र पूर्वीनाका काँकडभिट्टा हुँदै एम्बुलेन्सबाट बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याइएको थियो ।

मनमोहनले उपचार गर्न नसक्ने बताएपछि उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : ५१ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र