आरडीटी पोजेटिभ देखाएको भन्दै बाजुरामा स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार | Khabarhub Khabarhub

आरडीटी पोजेटिभ देखाएको भन्दै बाजुरामा स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टाइनमा बसेकाहरुले आरडीटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् ।

भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टाइनमा बसिरहेका उनीहरुले आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् ।

उनीहरु क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएपछि सोमबार दिउँसो गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैँ आरडीटी गर्न पुगेका थिए । केही व्यक्तिको आरडीटी गरिसकेपछि एक महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आयो ।

ती महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टाइनमा बसिरहेका उनीहरुले ‘तैँले किन आरडीटी रिपोर्ट पोजेटिभ निकालिस्’ भन्दै स्वास्थ्यकर्मीमाथि नै ढुङ्गामुढा प्रहार गर्न थाले ।

स्वास्थ्यकर्मी भण्डारीको छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति सम्पर्क व्यक्ति ओमजङ्ग शाहीले जानकारी दिए ।

स्वास्थ्य संयोजक भण्डारीको छातिमा नीलडाम परेको र उनी बोल्न सक्ने स्थितिमा नभएको शाहीले बताए ।

कोरोना भाइरसको जोखिम उच्च रहेका बेला क्वारेन्टाइनमा बसेकाबाटै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार भएकोप्रति खेद प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उनीहरुलाई कानूनबमोजिम कारवाही गरिने बताए ।

हिमाली गाउँपालिकाजस्तो दुर्गम ठाउँमा स्वास्थ्यकर्मी नै नपाइने अवस्थामा स्थानीयवासीले गरेको यस्तो व्यवहारप्रति आफू दुःखित भएको उनको प्रतिक्रिया छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले पनि घटनामा संलग्नलाई आवश्यक कारवाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ ।

हिमाली गाउँपालिकामा विभिन्न तीन स्थानमा गरिएको परीक्षणमा सोमबार तीन जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : १७ बजे

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते, एक गम्भीर

किमाथांका– यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना