अमेरिकाबाट असार ९ र ११ गते नेपालीको उद्दार गरिने « Khabarhub

अमेरिकाबाट असार ९ र ११ गते नेपालीको उद्दार गरिने


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अलपत्र नेपालीहरुलाई यही असार ९ र ११ गते उद्दार गरिने भएको छ ।

अमेरिकास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा असार ९ र ११ गते २-२ वटाका दरले ४ वटा उडानमार्फत उद्दार गर्न लागिएको जानकारी दिएको हो ।

दूतावासका अनुसार ९ गते न्यूयोर्कबाट टर्किस एअरलाइन्स र वाशिङटनबाट कतार एअरवेजले नेपाली लिएर काठमाण्डौ उडान भर्नेछन् । यस्तै १३ गते शिकागोबाट टर्किस एअरलाइन्स र ड्यालसबाट कतार एअरवेजको उडान गरिने छ ।

यसको लागि भाडा भने यात्रु स्वयंले नै तिर्नुपर्ने जनाइएको छ ।

टर्किस एअरलाइन्सले १५ सय ३७ डलर अर्थात १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ तथा कतार एअरवेजले १६ सय डलर अर्थात १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा ताेकेकाे छ ।

नेपाल फर्कन चाहनेहरुले भरेको अनलाइन फारमको आधारमा प्राथमिकता अनुसार उनीहरुलाई नेपाल पठाइने दूतावासले जनाएको छ ।

नेपाल फर्कनको लागि पासपोर्ट र अन्य ट्राभल डकुमेन्ट र पीसीआर या आरडीटी विधिबाट जाँच गरी कोरोना नलागेको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : २८ बजे

रुसमा युक्रेनी ड्रोन आक्रमणमा चार जनाको मृत्यु, सात घाइते

एजेन्सी– रुसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी चार जनाको

लागूऔषधसहित पाँचजना पक्राउ

विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागूऔषध

कर्णाली राजमार्गस्थित गगने खोलामा सडक पुनः अवरुद्ध

मान्म– कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा

स्कोडा नेपालले सार्वजनिक गर्‍यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ?

काठमाडौं– स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स

गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार

काठमाडौं- सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति