टीभीएसका सवारी साधन अनलाइनमार्फत बिक्री सुरु | Khabarhub Khabarhub

टीभीएसका सवारी साधन अनलाइनमार्फत बिक्री सुरु


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जगदम्बा मोटर्स प्रा.लि. ले आफ्ना सबै बाइकहरु तथा स्कूटरहरुको अनलाइन टीभीएसनेपालडटकम/सप मार्फत् बिक्री सेवा शुरु गरेको छ।

कोरोना महामारीको यस विषम परिस्थिलाई मध्यनजर गर्दै सेवाग्राहीको सुविधाका लागि अनलाइनमार्फत समेत बिक्री सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो साइटमा गएर मोटरसाइकल तथा स्कुटरका विशेषताका साथै बिक्री सम्बन्धी सबै प्रकारका योजनाबारे जानकारी लिन सक्नेछन्।

अर्डर गरिएका सवारी साधनहरु सम्बन्धित ठेगानामा कम्पनीले पुर्‍याइदिने समेत जनाइएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै  निकट भविष्यमै शोरुम र अन्य सर्भिस केन्द्रहरु समेत सामाजिक दूरी कायम हुने गरी बिक्री प्रबन्ध मिलाइने कम्पनीले जनाएको छ ।

अनलाइन बिक्री सेवा सुचारु गर्दै जगदम्बा मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, ‘आज हामी सबै एउटा जटिल परिस्थितिसँग जुधिरहेका छौं र यो परिस्थितिमा हामीले हाम्रो व्यवसाय, दैनिकी जीवनलाई गति दिन पनि परेको छ भने आफ्नो स्वास्थ्य सुरक्षामा पनि विशेष ध्यान दिन जरुरी छ ।’

उनले अहिले स्वास्थ्यका दृष्टिकोणले २ पांग्रे सवारी साधन अत्यन्त सुरक्षित हुने बताउँदै सेवाग्राहीहरुको सहजताका लागि अनलाइनमार्फत सवारी साधन बिक्रि गर्ने लक्ष्य लिएको बताए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : १२ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण