टीभीएसका सवारी साधन अनलाइनमार्फत बिक्री सुरु « Khabarhub

टीभीएसका सवारी साधन अनलाइनमार्फत बिक्री सुरु


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जगदम्बा मोटर्स प्रा.लि. ले आफ्ना सबै बाइकहरु तथा स्कूटरहरुको अनलाइन टीभीएसनेपालडटकम/सप मार्फत् बिक्री सेवा शुरु गरेको छ।

कोरोना महामारीको यस विषम परिस्थिलाई मध्यनजर गर्दै सेवाग्राहीको सुविधाका लागि अनलाइनमार्फत समेत बिक्री सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो साइटमा गएर मोटरसाइकल तथा स्कुटरका विशेषताका साथै बिक्री सम्बन्धी सबै प्रकारका योजनाबारे जानकारी लिन सक्नेछन्।

अर्डर गरिएका सवारी साधनहरु सम्बन्धित ठेगानामा कम्पनीले पुर्‍याइदिने समेत जनाइएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै  निकट भविष्यमै शोरुम र अन्य सर्भिस केन्द्रहरु समेत सामाजिक दूरी कायम हुने गरी बिक्री प्रबन्ध मिलाइने कम्पनीले जनाएको छ ।

अनलाइन बिक्री सेवा सुचारु गर्दै जगदम्बा मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, ‘आज हामी सबै एउटा जटिल परिस्थितिसँग जुधिरहेका छौं र यो परिस्थितिमा हामीले हाम्रो व्यवसाय, दैनिकी जीवनलाई गति दिन पनि परेको छ भने आफ्नो स्वास्थ्य सुरक्षामा पनि विशेष ध्यान दिन जरुरी छ ।’

उनले अहिले स्वास्थ्यका दृष्टिकोणले २ पांग्रे सवारी साधन अत्यन्त सुरक्षित हुने बताउँदै सेवाग्राहीहरुको सहजताका लागि अनलाइनमार्फत सवारी साधन बिक्रि गर्ने लक्ष्य लिएको बताए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : १२ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान