पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो | Khabarhub Khabarhub

पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुश्मा- पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ ।

पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो । गत शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए ।

गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मंगलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले शव फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए ।

पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बाग्लुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको भारी वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दीपा, नातिनी ११ वर्षीया विविशा, नातिहरु १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो । यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृत्यु भएको छ ।

यसैबीच बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्लुङ गाउँ कमिटीको अगुवाइमा बालकको खोजी गर्दा घरभन्दा तल चौतारी नजिक शव भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : ५६ बजे

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस मनाइँदै

काठमाडौं– आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ ।