संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित « Khabarhub

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक राष्ट्रियसभाले समेत सर्वसम्मत रुपले पारित गरेको छ ।

केहीबेरअघि सम्पन्न भएको मतदानमा राष्ट्रियसभाका ५८ सदस्यमध्ये आजको बैठकमा उपस्थित भएका सबै ५७ जना सांसदहरुले विधेयकको पक्षमा मतदान गरेका छन् । ५९ सदस्यीय राष्ट्रियसभामा अहिले एक पद रिक्त रहेको छ ।

बैठकमा उपस्थित सबै सांसदहरुले विधेयकको पक्षमा मतदान गरेपछि सर्वसम्मत रुपमा पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले मतदान नगरेका कारण ५७ जना सांसदहरुले मतदान गरेका हुन् ।

प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको सविधान संसोधन विधेयकमाथि राष्ट्रियसभामा मतदान शुरु भएको हो । राष्ट्रियसभाले पारित गरेपछि संविधान संशोधन विधेयकलाई राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पठाउने तयारी संघीय संसद सचिवालयको छ ।

नेपालको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्न सरकारले संविधान संसोधन विधेयक संसदमा दर्ता गराएको थियो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १ : १७ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको