भारत-चीन तनावमा अमेरिका प्रवेश, चीननजिकै अमेरिकी युद्धपोत तैनाथ | Khabarhub Khabarhub

भारत-चीन तनावमा अमेरिका प्रवेश, चीननजिकै अमेरिकी युद्धपोत तैनाथ


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन र भारतबीच तनाव बढिरहेका बेला अमेरिका पनि यस क्षेत्रमा प्रवेश गरेको छ ।

अमेरिकाले प्रशान्त महासागरमा आफ्ना तीन युद्धपोत तैनाथ गरेको छ । यससँगै चीनको मुखपत्र ग्लोबल टाइम्सले अमेरिकाको कदमले दक्षिणी चीन सागरमा आफ्ना सैनिकलाई खतरा हुने जनाएको छ ।

चीनका नौसेना विशेषज्ञ ली र्जीको हवाला दिँदै ग्लोबल टाइम्सले यसो गरेर अमेरिकाले प्रशान्त क्षेत्र समेत पूरै विश्वसामु आफूलाई सबैभन्दा शक्तिशाली नौसेना शक्तिको रुपमा देदाउन चाहेको आरोप लगाएको छ ।

ग्लोबल टाइम्सले अमेरिकी युद्धपोत कुनै पनि बेला दक्षिणी चीन सागरमा प्रवेश गर्न सक्ने गरी नजिकै रहेको बताएको छ । विशेषज्ञ लीका अनुसार प्रशान्त महासागरमा अमेरिकी युद्धपोत तैनाथ हुँदा स्प्रेटली र प्यारासेल आइल्याण्डमा तैनाथ चिनियाँ सैनिकलाई खतरा हुनेछ ।

यी आइल्याण्ड नजकैबाट जाने जहाजहरुलाई पनि खतरा हुनेछ , यद्यपि चीन यो क्षेत्रमा आफ्नो हितबाट पछि नहट्ने लीले बताए ।

अमेरिकाले भने कुनै राजनैतिक वा अन्य कुनै अन्तर्राष्ट्रिय घटनाका कारण आफ्ना वारशिप तैनाथ नगरिएको जनाएको छ । अमेरिकी नौसेनाका प्रवक्ता रिएन ममसेनले अमेरिकी नौसेना प्रशान्त क्षेत्रमा सधैं सक्रिय रहने बताएका छन् ।

अमेरिकी युद्धपोतहरु यस क्षेत्रमा आफ्ना साथी र सहयोगी देशहरुको सहयोगको लागि नैनाथ रहने उनले बताए । उनले विगत ७५ वर्षदेखि अमेरिकी युद्धपोतले दक्षिणी चीन सागर, पूर्व चीन सागर र फिलिपिन सागरमा नियमित गस्ती गर्ने बताउँदै यो प्रशान्त क्षेत्रमा सुरक्षा बढाउने र शान्ति कायम गर्ने कैयौं तरिकामध्ये एक भएको बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ११ : २८ बजे

गुर्जामा सामूहिक तरकारीखेती

म्याग्दी– धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन्

अपहरणको अभियोगमा नाबालकसहित चारजना पक्राउ

पर्सा– पर्साको कलैया उपमहानगर– १८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

काठमाडौं महानगरका प्रमुख र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जापानका

कैलालीमा गहुँ उत्पादन घट्यो

कैलाली– गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई