भारत-चीन तनावमा अमेरिका प्रवेश, चीननजिकै अमेरिकी युद्धपोत तैनाथ « Khabarhub

भारत-चीन तनावमा अमेरिका प्रवेश, चीननजिकै अमेरिकी युद्धपोत तैनाथ


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन र भारतबीच तनाव बढिरहेका बेला अमेरिका पनि यस क्षेत्रमा प्रवेश गरेको छ ।

अमेरिकाले प्रशान्त महासागरमा आफ्ना तीन युद्धपोत तैनाथ गरेको छ । यससँगै चीनको मुखपत्र ग्लोबल टाइम्सले अमेरिकाको कदमले दक्षिणी चीन सागरमा आफ्ना सैनिकलाई खतरा हुने जनाएको छ ।

चीनका नौसेना विशेषज्ञ ली र्जीको हवाला दिँदै ग्लोबल टाइम्सले यसो गरेर अमेरिकाले प्रशान्त क्षेत्र समेत पूरै विश्वसामु आफूलाई सबैभन्दा शक्तिशाली नौसेना शक्तिको रुपमा देदाउन चाहेको आरोप लगाएको छ ।

ग्लोबल टाइम्सले अमेरिकी युद्धपोत कुनै पनि बेला दक्षिणी चीन सागरमा प्रवेश गर्न सक्ने गरी नजिकै रहेको बताएको छ । विशेषज्ञ लीका अनुसार प्रशान्त महासागरमा अमेरिकी युद्धपोत तैनाथ हुँदा स्प्रेटली र प्यारासेल आइल्याण्डमा तैनाथ चिनियाँ सैनिकलाई खतरा हुनेछ ।

यी आइल्याण्ड नजकैबाट जाने जहाजहरुलाई पनि खतरा हुनेछ , यद्यपि चीन यो क्षेत्रमा आफ्नो हितबाट पछि नहट्ने लीले बताए ।

अमेरिकाले भने कुनै राजनैतिक वा अन्य कुनै अन्तर्राष्ट्रिय घटनाका कारण आफ्ना वारशिप तैनाथ नगरिएको जनाएको छ । अमेरिकी नौसेनाका प्रवक्ता रिएन ममसेनले अमेरिकी नौसेना प्रशान्त क्षेत्रमा सधैं सक्रिय रहने बताएका छन् ।

अमेरिकी युद्धपोतहरु यस क्षेत्रमा आफ्ना साथी र सहयोगी देशहरुको सहयोगको लागि नैनाथ रहने उनले बताए । उनले विगत ७५ वर्षदेखि अमेरिकी युद्धपोतले दक्षिणी चीन सागर, पूर्व चीन सागर र फिलिपिन सागरमा नियमित गस्ती गर्ने बताउँदै यो प्रशान्त क्षेत्रमा सुरक्षा बढाउने र शान्ति कायम गर्ने कैयौं तरिकामध्ये एक भएको बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ११ : २८ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय