नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुग्यो


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार  २७४पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा झापाका एकजना महिला, मोरङकी एकजना महिला र एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका एक महिला र १० जना पुरुष, सप्तरीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका एक महिला र ६ जना पुरुष, बाग्लुङका २ महिला र १६ पुरुष, बैतडीका ७ जना महिला र ५६ जना पुरुष, बझाङका एक महिला र २ जना पुरुष, बाजुराका ८ जना पुरुष, डडेल्धुराका ९ जना पुरुष र धादिङकी एकजना महिला, डोटीका ३ महिला र १२ पुरुष, गोरखाका एक महिला र १० जना पुरुष, कैलालीका १३ महिला र ३३ पुरुष, कास्कीका एक महिला र एक पुरुष, काठमाडौंका २ महिला र एक पुरुष, मकवानपुरका ३ महिला, मोरङका एक महिला, म्याग्दीका एकजना पुरुष, नवलपरासी पुर्वका २ जना पुरुष, सिन्धुपाल्चोकका १० जना महिला र ११ जना पुरुष, तनहुँका ३ महिला र १६ पुरुष, पर्वतका ३ महिला र २ पुरुष, उदयपुरका २ महिला, सिन्धुलीकी एक महिला र चितवनकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार किटजन्य रोग तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरकी एक महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बैतडीको एक महिला र ४ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा कास्कीका २ महिला र ४ पुरुष, नवलपरासी पुर्वका २ महिला, स्याङ्जाका एक पुरुष र बाग्लुङका २ महिला र ६ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना पुरुष, स्याङ्जाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र ४ पुरुष, गुल्मीका १६ महिला र ७८ पुरुष, कपिलवस्तुका ४ पुरुष, नवलपरासी पश्चिमका एकजना पुरुष र रुपन्देहीका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, कैलालीका २ महिला र एक पुरुष, कंचनपुरका एक महिला र १९ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४०२पुगेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ४ : २४ बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।