कतारबाट ४३ नेपाली स्वदेश आइपुगे, २० जनाको शव पनि ल्याइयो (भिडियो सहित) « Khabarhub

कतारबाट ४३ नेपाली स्वदेश आइपुगे, २० जनाको शव पनि ल्याइयो (भिडियो सहित)


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश आइपुगेका छन् । कतार एयरवेजको विमानमा उनीहरू शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल झरेका हुन् ।

कतारस्थित नेपाली दूतावासले इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाएको छ ।

आज दिउँसो आइपुगेको क्युआर ३२३४ नम्बरको सोही उडानमा २० नेपालीको शव पनि ल्याइएको हो ।

कतारमा लकडाउनको अवधिमा मृत्यु भएका ४० मध्ये २० जनाको शव ल्याइएको हो ।

६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका थिए । १० जनाको परिवारको सहमतिमा कतारमै अन्त्येष्टि गरिएको दूतावासले जनाएको छ ।

शव बुझ्न मृतकका आफन्त विमानस्थल पुगेका थिए । विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने गर्छ तर केहिलाई यो थाहा नहुदा शव बहान ल्याएर विमानस्थल पुगेका थिए ।

वैदेशिक रोजगार बोर्डका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुनकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव ल्याइएको छ ।

यस्तै कपिलवस्तुका मोहम्मद अलाम मुसलमान, सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङ्का युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव  ल्याइएको छ ।

हेरौं भिडियो

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : ३४ बजे

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा