मेस्सी चुक्दा सेभिल्लासँग बार्सिलोनाको बराबरी « Khabarhub

मेस्सी चुक्दा सेभिल्लासँग बार्सिलोनाको बराबरी


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको छ ।

सेभिल्लाको घरेलु मैदानमा शुक्रबार राति भएको तनावपूर्ण खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेलको १२ औं मिनेटमा सेभिल्लाका लागि जुलेस कोउन्डेले गरेको प्रहार पोस्ट भन्दा माथिबाट बाहिरियो ।

२१ औं मिनेटमा लिओनेल मेस्सीको फ्रिकिकलाई गोललाइन अगाडीबाट कोउन्डेले हेडरमार्फत क्लियर गर्दा बार्साले अग्रता लिने मौका गुमायो ।

यस्तै २५ औं मिनेटमा बार्सिलोनाका मिडफिल्डर इभान राकिटिचले गरेको प्रहार पनि पोस्टभन्दा परबाट बाहिरियो ।

खेलको इन्ज्युरी समयमा कोउन्डेले स्वारेजलाई फल गरेपछि खेलाडीबीच विवाद भएको थियो ।

रेफ्रीले बार्सिलोनाका सर्जियो बुस्केट्स र सेभिल्लाका फर्नान्डोलाई हात हालेपछि दुवैलाई पहेंलो कार्ड दिएका थिए । त्यसैबेला मेस्सीले डिएगो कार्लोसलाई हात हाल्दा भने रेफ्रीले कार्ड देखाएनन् ।

दोस्रो हाफको ६० औं मिनेटमा अनमार्क रहेका सेभिल्लाका लुकास ओकाम्पसको प्रहारले पोस्टको दिशा लिन सकेन । ७२ औं मिनेटमा मेस्सीले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई सेभिल्लाका गोलरक्षक भाच्लिकले विफल पारे ।

अन्ततः दुबै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकियो । बराबरीले दोस्रो स्थानको रियल मड्रिडलाई फाइदा भएको छ ।

बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ६५ अंक बनाएको छ भने दोस्रो स्थानको रियल मड्रिडको २९ खेलमा ६२ अंक रहेको छ ।

तेस्रो स्थानको सेभिल्लाले ३० खेलबाट ५२ अंक बनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ५ : ३५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको