गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुग्यो | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुग्यो

शनिबार ७ जिल्लामा ५८ जना संक्रमित थपिए


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।

शनिवार ७ जिल्लामा थप ५८ जना संक्रमण पुष्टि भएसँगै थपिएसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ४३८ पुगेको हो ।

तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये एक महिला, एक बालिका र एक बालक छन भने बाँकी ५५ जना १६ वर्षदेखि ४७ वर्षसम्मका पुरूष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाका २१ जना छन् । उनीहरु १ वर्षको बालकदेखि ३७ वर्ष उमेर समूहका युवाहरु छन् ।

यस्तै ब्यास नगरपालिकामा २४ र २८ वर्षका दुई जना पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये बुलिङटार गाउँपालिकाका ११ जना छन् । उनीहरु १७ वर्षदेखि ३७ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यस्तै मध्यविन्दु नगरपालिकाका २५ र ४५ वर्ष उमेर समूहका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुरकै बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, विनयत्रिवेणी गाउँपालिका २१ वर्षीय पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ ।

बाग्लुङको काठेगाखोला गाउँपालिकामा ७ जना पुरुष र एक जना महिला गरी ८ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।

यस्तै गोरखाको भीमसेन नगरपालिकामा ३६, ३३, २२, ३५ र २८ वर्षका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको मादी गाउँपालिका ४१ वर्षीय पुरुष र १९ महिनाकी बालिकामा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय पुरुष र स्याङ्जाको पालिका नखुलेको २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : १८ बजे

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ

राष्ट्रिय डेङ्गी सचेतना अभियान सुरु 

काठमाडौं– सरकारले घोषणा गरेको राष्ट्रिय डेङ्गी सचेतना अभियान बिहीबारदेखि सुरु

हत्या गरेको आरोपमा एक जना पक्राउ

इलाम– माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको

धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

वीरगञ्ज–  सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा