लद्दाख भिडन्तपछि सीमा क्षेत्रमा भारतीय सेनाको संख्या थप | Khabarhub Khabarhub

लद्दाख भिडन्तपछि सीमा क्षेत्रमा भारतीय सेनाको संख्या थप


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २० भारतीय सैनिकको मृत्यु हुने गरी भएको लद्दाख भिडन्तपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या थपेको छ ।

चीनसँगको सम्भावित युद्धलाई दृष्टिगत गरी आन्तरिक तयारी तीव्र पारेको भारतले सीमावर्ती क्षेत्रमा सैनिक संख्या बढाउँदै सैन्य विमानहरुलाई तयारी अवस्थामा राखेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतको स्थल सेनाको थप टुकडी चीनसँगको सीमा क्षेत्रमा लगिएको छ । अरुणाञ्चल, उत्तराखण्ड, हिमाञ्चल प्रदेश र लद्दाखमा पनि थप सैनिक लगिएको छ ।

भारतीय हवाई फोर्स पनि आधार क्षेत्रमा बढाइएको छ । सिक्किम, आसाम र अरुणाञ्चलमा त्यस्ता फोर्सको संख्या वृद्धि गरिएको बताइएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार भारतीय हवाई सेनाका सेनापति आरकेएस भादुरियाले श्रीनगर र लेहको दुई दिने भ्रमण गरिसकेका छन् ।

श्रीनगरमा रहँदा भारतीय हवाई सेना प्रमुख भादुरियाले हवाई सैनिक अधिकृतहरुसँग बैठक राखेका छन् ।

भादुरियाको भ्रमणलगत्तै भारतले सीमावर्ती क्षेत्रमा हुने सम्भावित भिडन्तलाई मध्यनजर गर्दै युद्धक विमान तयारी अवस्थामा राखेको बताइएको छ ।

भारतको नौसैनिक जहाजलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

हिन्द महासागरमा चीनको नौसैनिक जहाजले नियमित उपस्थिति जनाइरहेकोमा भारतको नौसैनिक जहाज पनि तयारी अवस्थामा राखिएको उल्लेख छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : ४४ बजे

सिरियाले दमास्कसबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने

एजेन्सी – सिरियाले दमास्कसस्थित देशको मुख्य विमानस्थलमा आगामी हप्तादेखि अन्तर्राष्ट्रिय

राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ गतेदेखि

काठमाडौं – राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ देखि १५

आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर सुधार्न सकिन्छ : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको

एमाले केन्द्रीय समिति बैठक आइतबार बस्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठक आइतबारदेखि

नेकपाले देशको नेतृत्व गर्न चाहेको छ : विप्लव

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द