ललितपुर महानगरले शुरु गर्‍यो महिलालाई छुट्टै क्वारेन्टिन « Khabarhub

ललितपुर महानगरले शुरु गर्‍यो महिलालाई छुट्टै क्वारेन्टिन


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले विदेशबाट आएका महिलाहरुको लागि छुट्टै क्वारेन्टिन सञ्चालन गरेको छ ।

महानगरको वडा नं २६ स्थित सुनाकोठीमा रहेको नेपाल युथ फाउण्डेसन अन्तर्गत रहेका पोषण पुनर्स्थापना गृहको दुई वटा भवनमा क्वारेन्टिन सञ्चालन गरिएको हो ।

यी गृहमा कुपोषणले ग्रसित महिला र बालबालिका बसेका थिए । लकडाउन सुरु भएपछि उनीहरु केही घर गए भने केहीलाई अन्यत्रै सारिएको फाउन्डेसनले जनाएको छ ।

क्वारेन्टिन सञ्चालनका लागि महानगरका प्रमुख चिरीबाबु महर्जन र फाउण्डेसनका प्रमुख सोम पनेरुले क्वारेन्टिन सञ्चालन र व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महिलाहरुको सुरक्षालाई ध्यान दिएर छुट्टै क्वारेन्टि सञ्चालन गरेको बताए । उक्त क्वारेन्टिनमा हाललाई २४ शैय्याको छ । आवश्यकता अनुसार ठाउँ बढाउने महानगरले जनाएको छ ।

नेपाल युथ फाउण्डेसनका प्रमुख सोम पनेरुले मुलुकलाई संकट परेको बेला आफ्नो संस्थाको भवन प्रयोग गर्न पाउँदा खुशी लागेको बताए । महानगरले सहकार्यको प्रस्तावलाई स्वीकार गरेकोमा धन्यवाद दिए । पनेरुले आवश्यक पर्दा क्वारेन्टिनमा बस्ने महिलालाई मनोसामाजिक परामर्श दिइने बताए । उनले भने, ‘विभिन्न खालको ट्रमामा हुन सक्नुहुन्छ त्यसैले परामर्शको आवश्यकता पर्न सक्छ । ’

ललितपुर महानगरपालिका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले लकडाउन खुकुलो भएसँगै चिन्ता थपिएको बताए । उनले विदेश गएका नेपालीहरु नेपाल फर्कर्ने क्रम बढेसँगै व्यवस्थापन महत्वपूर्ण भएको बताए ।

त्यसका लागि वडा पिच्छे होल्डिङ सेन्टर खोल्ने तयारी भएको बताए । महानगरले यसअघि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सभित्रको खेलाडीहरुको होस्टेलमा क्वारेन्टिन सञ्चालन गरिसकेको छ । त्यसैगरी जावलाखेलस्थित स्टाफ कलेजमा पनि क्वारेन्टिन सञ्चालन गर्ने तयारी भइरहेको महानगरको र्‍यापिड रेस्पोन्स टिमका फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिइन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ११ : २० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी