शनिबार एकै दिन त्रिभुवन विमानस्थलमा १६ उडान  « Khabarhub

शनिबार एकै दिन त्रिभुवन विमानस्थलमा १६ उडान 


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् ।

अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएको थियो ।

विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो । आजमात्रै दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

उनका अनुसार नेपाल एयरलाइन्सले जापानको नारिताबाट २३६ यात्रु र तीन बालबालिका काठमाडौँ ल्याएको छ ।

यस्तै हिमालय एयरलाइन्सले बङ्गलादेशको ढाकाबाट चार्टर्ड उडानमार्फत १५५ नेपाली काठमाडौँ ल्याएको छ । कोरियन एयरले दक्षिण कोरियाबाट २२८ नेपाल काठमाडौँ ल्याएको छ । सोही एयरले नेपालबाट २३३ यात्रु बोकेर दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ ।

त्यस्तै जजिरा एयरले कुवेतबाट १५० नेपाली ल्याएको छ । एयरअरेबियाले सारजहाबाट १६८ यात्रु र बच्चा ल्याएको छ । कतार एयरवेजले दोहाबाट कार्गो ल्याएको छ । नेपाली यात्रु लिन आजै नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्से ढाका प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

आन्तरिकतर्फ आज श्री एयर, सीता एयर, समिट एयर, तारा एयर, मनाङ एयर र सिम्रिक एयरको हेलिकोप्टरको उडानमध्ये समिट र ताराको लुक्ला र श्रीको बाग्लुङ उडान मौसम खराबीका कारण रद्द भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : २१ बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित

काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर