भारतमा बेचिएकी ललितपुरकी १३ वर्षीया बालिकाको उद्दार « Khabarhub

भारतमा बेचिएकी ललितपुरकी १३ वर्षीया बालिकाको उद्दार


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले भारतमा बेचिएकी ललितपुरकी एक १३ वर्षीय बालिकालाई उद्दार गरेको छ ।

मानव बेचविखन अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्दार गरेको हो ।

ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार ललितपुरको फुटपाथमा ब्यवसाय गरेर जिवकोपार्जन गरिरहेको परिवारकी ती बालिकालाई योजना बनाएर सिन्धुपाल्चोकका कृष्ण मगर र कास्कीका प्रविन तामाङले भारतमा बेचबिखन गरेक थिए ।

उनका अनुसार कृष्णले बालिकालाई भारतमा राम्रो आर्थिकउर्पाजन हुने जागिर लगाईदिन्छु भन्दै फकाएका थिए ।

लगनखेलबाट बालिकालाई कृष्णले ९ फागुन २०७६ मा काठमाडौको नयाँ बसपार्क बालाजुबाट सुनौली जाने बसमासंगै लगेका थिए ।

मुग्लिङबाट प्रविण समेत मिसिएर भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर ओडओलिया भन्ने स्थानमा रहेको डान्स अकेष्ट्रामा बेचबिखन गरेका थिए ।

ब्युरोको टोलीले बालिकालाई ३० जेठमा उद्दार गरेको हो । घटनामा संलग्न दुबै जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ०६ बजे

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन

उपत्यकामा वर्षा (तस्बिरहरू)

काठमाडौं– देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव

नेप्से परिसूचक ४५ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अंकले

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार