महाभारत : कसरी मारिएका थिए निर्दोष द्रोणाचार्य ? « Khabarhub

महाभारत : कसरी मारिएका थिए निर्दोष द्रोणाचार्य ?


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

द्रोणाचार्य संसारको सर्वश्रेष्ठ धनुर्धर थिए । उनले पाण्डव र कौरवलाई युद्धको ज्ञान दिएका हुन् ।

महाभारत सबैभन्दा ठूलो युद्ध मानिएको छ । उक्त युद्धमा द्रोणाचार्यले शरीर कौरवको पक्षमा र मन पाण्डवको पक्षमा बाँडेका थिए ।

उनी पाण्डवहरुले युद्ध जितेको हेर्न चाहन्थे । उनी भारद्वाज मुनिका छोरा थिए । उनको विवाह कृपाचार्यको बहिनी कृपिसँग भएको थियो । उनीहरुको छोराको नाम अश्वत्थामा हो । उनले विद्याका सर्वश्रेष्ठ गुरु परशुरामसँग शिक्षा दीक्षा लिएका थिए ।

महाभारत युद्धमा द्रोणाचार्य कौरवको पक्षमा भीष्म शैयामा गएपछि सेनापति बनेका थिए । द्रोणाचार्यको संहारक शक्ति बढ्दै गएको कुरा पाण्डवहरुको कानमा पुग्यो । द्रोणाचार्य र अश्वत्थामाको रुप देखेर पाण्डवहरु हार्ने निराशा गर्दै श्रीकृष्णले भेदको साहारा लिन सल्लाह दिए ।

तर, झुट बोल्न अर्जुन र युधिष्ठिर राजी नभएपछि अश्वत्थामा नामको हात्तीलाई भीमले मारेका थिए ।

श्रीकृष्णको सल्लाह अनुरुप द्रोणाचार्यका छोरा अश्वत्थामा मारिएको हल्ला द्रोणाचार्यको कानमा पुर्‍याए । आफ्नो छोरा मारिएको कुरा के हो भनेर द्रोणाचार्य आफै युधिष्ठिरकोमा गए र धर्मराज युधिष्ठिरले अश्वत्थामा मारिएको हो, तर हात्ती भने ।

श्रीकृष्णले सोही समयमा शंख बजाइदिएकाले ‘तर हात्ती’ द्रोणाचार्यले सुन्न पाएनन् । उनलाई एकिन भयो कि आफ्नो छोरा मारिए ।

छोराको मृत्युको खबर सुनेपछि शस्त्र त्याग गरी रणभूमिमा शोकमा डुबेको अश्वत्थामामा द्रौपदीका भाइ धृष्टद्युम्नले निर्दोष द्रोणाचार्यको टाउको काटिदिएका थिए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : २७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ