साउदीले रोक्यो हज यात्रा « Khabarhub

साउदीले रोक्यो हज यात्रा


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउदीले यो वर्षको हज यात्रा रोकेको छ ।

कोरोना भाइरसको महामारीका कारण हज यात्रा रोकिएको हो । योसँगै नेपालका मुस्लिम धर्मावलम्वीहरूबाट उठाइएको हज यात्रा शुल्क हज समितिले फिर्ता गर्न थालेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण साउदी अरबको हज तथा उम्राह मन्त्रालयले केही दिनअघि यो वर्षको हज नहुने घोषणा गरेपछि समितिले संकलित रकम फिर्ता दिन थालेको हो ।

यो वर्ष हजमा जानका लागि करिब १५ सय नेपाली मुसलमानले समितिमा रकम जम्मा गरेका थिए ।

पहिलो चरणमा एक जना हज यात्रीसँग एक लाख २५ हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो । हज नहुने भएपछि उक्त रकम फिर्ता गर्न थालिएको हो ।

हिजरी सम्वत्‌को जिल्हिज्जा महिनामा विश्वभरका लाखौं मुसलमानहरु हजका लागि साउदी अरबको मक्का र मदिना जाने गर्छन् । हज इस्लामका ५ आधार स्तम्भमध्येको एक मानिन्छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : १४ बजे

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन

इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो

तेहरान- इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोटको आवाज

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना