अन्ततः सुशान्तको आत्महत्याका बिषयमा बोले सलमान खान | Khabarhub Khabarhub

अन्ततः सुशान्तको आत्महत्याका बिषयमा बोले सलमान खान


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले १४ जुनमा मुम्बईको आफ्नो घरमा आत्महत्या गरेका थिए ।

यसलाई केहि कलाकारले आत्महत्या नभई हत्या भएको आरोप लगाएका थिए । भारतीय सञ्चार माध्यमका अनुसार सुशान्त सिंह पछिल्लो ६ महिना यता डिप्रेशनमा थिए । यसका लागी बलिउडका केहि दिग्गज सहित चर्चित कलाकारले बलिउडमा भएको परिवारबाद र ग्रुपिज्मले सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको बताएका छन् ।

सुशान्तको आत्महत्यामा उनीहरुले सलमान खान, करण जोहर, एकता कपुर लगायतका ६ जनालाई जिम्मेवार मानेका छन् । यस प्रकारको आरोप लगाउनेमा अभिनेत्री कंगना रनावत, अभिनेता साहिल खान र निर्देशक अभिनव कश्यप अगाडी छन् । र सुशान्तको आत्महत्यामा मुख्य जिम्मेवार सलमान खानलाई मानिएको छ ।

बलिउड कलाकर्मी र सुशान्तका फ्यान बीचमा उनको आत्महत्याको जिम्मेवार मानिदै आएका सलमान खान केहि दिन यता सामाजिक सञ्जालमा विवादित छन् । यस बिषयमा आफ्नो कुनै बयान नदिएका सलमानले पहिलो पटक मुख खोलेका छन् । सलमानले एक ट्विट मार्फत आफ्ना फ्यानलाई सुशान्तका फ्यानसंग उभिन आग्रह गरेका छन् ।

सलमानले ट्विटमा लेखेका छन्, ’म आफ्ना सबै फ्यानलाई निवेदन गर्दछु कि तपाईहरु सुशान्तका फ्यानका साथ खडा रहनुहोस् र गलत भाषाको उपयोग गर्नुहोस् । भावनालाई बुझ्ने कोशिस गर्नुहोस् । यस मुश्किल समयमा सुशान्तका परिवारको सहारा बन्नुहोस् । कोहि आफ्नो गुम्दाको पीडा निकै पीडादायिक हुन्छ ।’

सुशान्तको आत्महत्याको घटनाले बलिउडमा निकै ठुलो हलचल ल्याएको छ । निर्देशक अभिनव कश्यप र दिवंगत जिया खानकी आमा राबिया अमीनले सलमानलाई गम्भीर आरोप लगाएका छन् भने केहि बलिउडकर्मी सलमानका पक्षमा समेत छन् । सलमान पक्षधर अभिनेत्री सोनाक्षी सिन्हा, सलमानका ज्वाईं आयुष शर्मा, कलाकार साकिब सलीम, जहीर इकबाल र स्नेहा उल्लालले ट्रोल र विवादबाट बच्न ट्विटर त्याग गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ०५ बजे

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

अमेरिका– नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

भरतपुर– चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् ।

सहमतिबाट मात्र निकास सम्भव छ : झलनाथ खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

कञ्चनपुर– भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै