प्रचण्डको घोषणा : आँधी–हुरीमा मृत्यु भएका परिवारलाई ५ लाख दिने « Khabarhub

प्रचण्डको घोषणा : आँधी–हुरीमा मृत्यु भएका परिवारलाई ५ लाख दिने


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार साँझ आएको आँधी–हुरीबाट निधन भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार ५–५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

आँधी–हुरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि मंगलबार बारा पुगेका अध्यक्ष प्रचण्डले मृतक भएका व्यक्तिका परिवारलाई ५–५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका हुन् ।

बाराको फेटा गाउँपालिका– बरैनिया पुगेका प्रचण्डले उक्त सहयोगको घोषणा गरेका हुन् ।

अध्यक्ष प्रचण्डले मधेस शोक र पीडामा रहेको उल्लेख गर्दै सिंगो देशले सहयोग गर्नुपर्ने बताए ।

आँधी–हुरीबाट घाइते भएकाहरुको उपचारको अवस्था बुझ्न प्रचण्ड मंगबार नै वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ३ : ०७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा