कोरोनाको महामारीकै बीच राष्ट्रपतिको रात्रिभोज ! | Khabarhub Khabarhub

कोरोनाको महामारीकै बीच राष्ट्रपतिको रात्रिभोज !


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न दलका नेतालाई शीतलनिवास बोलाएकी छन् । राष्ट्रपति कार्यालयले रात्रिभोजको व्यवस्थासहित सबै दलका नेताहरुलाई आमन्त्रण गरिएको छ ।

नेताहरूलाई साँझ पाँच बजे आइपुग्ने गरी निम्ता गरिएको छ ।

राष्ट्रपति कार्यालयको सचिवालयले भने यस विषयमा कुनै जानकारी नभएको जनाएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले भने,’यस विषयमा मलाई कुनै जानकारी छैन । यदी कार्यक्रम हुने भएपनि दिउँसो एक बजेपछि जानकारीमा आउला । राष्ट्रपतिसँग हुने भेटघाटका कार्यक्रम त भइरहन्छन् ।’

यता सत्तारुढ दलका एक नेताले साँझ पाँच बजेलाई राष्ट्रपतिले बोलाएको बताए । उनले भने, ‘राष्ट्रपति ज्यूले बोलाउनुभएको छ । समसामयिक विषयमा कुराकानी गर्नलाई हुनसक्छ ।’

कसकसलाई बोलाएको भन्ने प्रश्नमा उनले भने,’कसकसलाई भन्ने त मलाई थाहा हुने कुरा भएन । तर मलाई पाँच बजेका लागि बोलाइएको छ । अहिलेको कोरोना भाइरसको महामारीपछिको अवस्था र पछिल्लो गतिविधिका विषयमा कुराकानी गर्न हुनसक्छ ।’

राष्ट्रपति कार्यालयमा उपस्थित हुन नेकपाका अधिकांश नेताहरूलाई निम्ता पुगेको पाइएको छ । राष्ट्रपतिले आयोजना गर्ने भोजमा सत्तारुढ नेकपाका नेताहरूमात्र सहभागि भएपछि आलोचना हुनसक्ने भएकाले राष्ट्रपतिले अन्य दलका नेताहरुलाई पनि बोलाएको अर्का एक नेताले बताए ।

‘राष्ट्रपति देशको अभिभावक बन्नुपर्ने तर एक पार्टीको मात्र बन्नुभयो भन्ने कुरा उठिरहेको छ । त्यही भएर राष्ट्रपतिले सबैलाई बोलाएको हुनसक्छ,’ उनले भने । तर कोरोना भाइरस महामारीका बेला जनता त्रसित भइरहेको अवस्थामा रात्रिभोजसहितको मिटिङ आवश्यक नभएको उनले बताए । उनले यतिबेला सबै जुटेर कोरोना विरूद्ध लाग्नुपर्ने बताए ।

कसकसलाई गरियो निम्ता

राष्ट्रपति कार्यालयले आयोजना गरेको रात्रिभोजसहितको बैठकका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नेकपाका स्थायी कमिटीसम्मका केही नेतालाई बोलाइएको छ ।

कांग्रेससहितका अन्य केहि दलका नेतालाई पनि शीतलनिवास बोलाइएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयबाट निम्ता आएपनि जानेनजाने बारे टुंगो नभएको बताए । उनले भोज आयोजना गरिएको भन्दै निमन्त्रणा गरिएको जानकारी दिँदै यस्तो अवस्थामा जाने वा नजाने भन्ने विषयमा सल्लाह गरिरहेको बताए ।

यसअघिको स्थायी कमिटी बैठकको समयमा पनि राष्ट्रपति भण्डारीले नेकपा नेताहरुलाई दिवा भोज दिएर पार्टीको वैचारिक तथा गुटगत व्यवहारमा परिवर्तन ल्याउने प्रयास गरेकी थिइन ।

केहीदिन अघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै भेटेकी राष्ट्रपति भण्डारीले सचिवालयका अन्य नेताहरुसँग पनि निरन्तर छलफल गरिरहेकी छन् । उनको सक्रियतालाई नेकपाका नेताहरुले ओली पक्षलाई बलियो बनाउने रणनीतिमा लिने गरेका छन् ।

आजैदेखि सुरू हुने नेकपाको स्थायी कमिटी बैठककै बेला बोलाइएको रात्रिभोजसहितको भेटघाटलाई अर्थपूर्ण रुपमा लिनुपर्ने नेताहरु बताउँछन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ११ : ०० बजे

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन– भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको सहरी क्षेत्रको छ लेन

विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको

फराकिलो बन्दै न्यूरोडको फुटपाथ (तस्बिरहरू)

काठमाडौं- पटक पटकको विवादबीच काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम

मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर

सुदूरपश्चिमको बजेट बहुमतले पारित

धनगढी– सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित