खोटाङबाट गर्भवतीको हवाई उद्धार | Khabarhub Khabarhub

खोटाङबाट गर्भवतीको हवाई उद्धार


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- लकडाउनले गर्दा मुलुक ठप्प भएको बेला खोटाङ केपीलासगढी गाउँपालिका–२ की गर्भवती मन्दिरा विश्वकर्माको निःशुल्क हवाई उद्धार गरिएको छ ।

पेटभित्रै बच्चा मृत अवस्थामा भेटिएका कारण स्वास्थ्य जोखिममा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान इकाइले हेलिकप्टरबाट उद्धार गरी विश्वकर्मालाई काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याएको हो ।

गत सोमबार राति सुत्केरी बेथाले च्यापेपछि जिल्ला अस्पतालमा खोटाङमा भर्ना भएकी मन्दिराको पेटमै बच्चा मृत अवस्थामा रहेको पाइएपछि उपचारका लागि मङ्गलबार अपराह्न काठमाडौँ पठाइएको अस्पतालका मेडिकल अधिकृत डा नारायण बरालले जानकारी दिए ।

अहिले विश्वकर्माको थापाथलीस्थित प्रसूतिगृहमा उपचार भइरहेको छ । सुत्केरी बेथाले च्यापेर सिकिस्त भएकी गर्भवती निःशुल्क हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान समन्वय इकाइकी प्रमुख अञ्जु ढुङ्गानाले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई निःशुल्क हवाई उद्धार गर्दै आएको छ । लकडाउनको यस अवधिमा मात्रै १८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीमा कुनै समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहलाई सम्पर्क गरेर जीवनरक्षाका लागि पहल गरी दिन सबैलाई पुनःआह्वान गरेका छन् ।

मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तह वा स्वास्थ्य संस्थाको सिफारिसमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिरहेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : २४ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको