खोटाङबाट गर्भवतीको हवाई उद्धार « Khabarhub

खोटाङबाट गर्भवतीको हवाई उद्धार


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- लकडाउनले गर्दा मुलुक ठप्प भएको बेला खोटाङ केपीलासगढी गाउँपालिका–२ की गर्भवती मन्दिरा विश्वकर्माको निःशुल्क हवाई उद्धार गरिएको छ ।

पेटभित्रै बच्चा मृत अवस्थामा भेटिएका कारण स्वास्थ्य जोखिममा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान इकाइले हेलिकप्टरबाट उद्धार गरी विश्वकर्मालाई काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याएको हो ।

गत सोमबार राति सुत्केरी बेथाले च्यापेपछि जिल्ला अस्पतालमा खोटाङमा भर्ना भएकी मन्दिराको पेटमै बच्चा मृत अवस्थामा रहेको पाइएपछि उपचारका लागि मङ्गलबार अपराह्न काठमाडौँ पठाइएको अस्पतालका मेडिकल अधिकृत डा नारायण बरालले जानकारी दिए ।

अहिले विश्वकर्माको थापाथलीस्थित प्रसूतिगृहमा उपचार भइरहेको छ । सुत्केरी बेथाले च्यापेर सिकिस्त भएकी गर्भवती निःशुल्क हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान समन्वय इकाइकी प्रमुख अञ्जु ढुङ्गानाले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई निःशुल्क हवाई उद्धार गर्दै आएको छ । लकडाउनको यस अवधिमा मात्रै १८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीमा कुनै समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहलाई सम्पर्क गरेर जीवनरक्षाका लागि पहल गरी दिन सबैलाई पुनःआह्वान गरेका छन् ।

मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तह वा स्वास्थ्य संस्थाको सिफारिसमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिरहेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : २४ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को