को हुन् ‘मेक्सिकन मेस्सी’ जसले ला लिगामा कीतिमान बनाए ? « Khabarhub

को हुन् ‘मेक्सिकन मेस्सी’ जसले ला लिगामा कीतिमान बनाए ?


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मालोर्काका लुका रोमेरोले स्पेनिस ला लिगामा कम उमेर डेब्यु गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

बुधबार राति रियल मड्रिडविरुद्ध पहिलो पटक क्लबको सिनियर टिमबाट खेल्दै डेब्यु गरेका हुन् ।

मेक्सीकोमा जन्मिएका रोमेरोले अर्जेन्टिनाको युवा टोलीबाट खेलिसकेका छन् । रोमेरो १५ वर्ष २१९ दिनमा ला लिगामा डेब्यु गर्दै कीर्तिमानी बनाएका हुन् ।

उनले यसअघिका कीर्तिमानी खेलाडी सनसोनको कीर्तिमान तोडेका हुन् । सनसोनले सेल्टा भिगाका लागि सन् १९३९–४० को सिजनमा १५ वर्ष २५५ दिनमा खेल्दै कीर्तिमान बनाएका थिए ।

रोमेरोलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले मेक्सिकन मेस्सीको उपनाम दिएका छन् । युवा खेलाडी रोमेरोको खेललाई लिएर बहस भइरहेको छ । मिडफिल्डमा खरो उत्रेका उनको खेल्ने शैली विश्व चर्चित अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको जस्तै रहेको भन्दै उनलाई मेस्सीसँग दाँज्न थालेका छन् ।

अर्जेन्टिनाबाट उमेर समुहमा खेलिसकेका उनले रियलविरुद्ध खेल्दै सिनियर फुटबल करियरको सुरुवात गरेका छन् ।

मेक्सीकोमा जन्मिएका रोमेरोका पिता अर्जेन्टिाइन नागरिक हुन् । उनले रियलविरुद्ध अन्तिम ६ मिनेट खेल्दै कीर्तिमान बनाएका हुन् । उक्त खेलमा मालोर्का रियलसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ३० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको