आज १ हजार २३१ नेपालीलाई स्वदेश फर्काइँदै « Khabarhub

आज १ हजार २३१ नेपालीलाई स्वदेश फर्काइँदै


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न देशबाट विमान चाटर्ड गरी आज १ हजार २३१ जना नेपालीलाई स्वदेश फर्काइँदैछ ।

सरकारले लकडाउनको समयमा विभिन्न देशमा रहेका नेपालीहरुलाई दुतावास मार्फत सम्पर्क गरी स्वदेश फर्काउने काम गरिरहेको छ । सोही क्रममा आज ६ वटा देशहरुमा १ हजार २३१ जना नेपाली स्वदेश फर्किन लागेका हुन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेका अनुसार युएइ बाट ३४७ जना, कतारबाट ३०८ जना, कुवेतबाट १५८ जना, बेलायतबाट १५८ जना, जापानबाट २६० जना नेपाल आउदै छन् ।

प्रवक्ता पाण्डेका अनुसार युएइबाट आउने ३४७ नेपाली मध्ये १५८ जना नेपाली हिमालयन एयरलाइन्स मार्फन नेपाल आउँदै छन् भने १८९ नेपाली फ्लाइ दुवइको विमानबाट नेपाल आउने छन् ।

यस्तै कतारबाट आउने ३०८ जना नेपाली मध्ये १५८ जना नेपाली हिमालयन एयरलाइन्स मार्फत नेपाल आउँदै छन् भने १५० जना नेपाली कतार एयरलाइन्स मार्फत नेपाल आउँदै छन् ।

यस्तै कुवेत र जापानमा रहेका नेपालीलाई नेपाल एयरलाइन्सले ल्याउने छ भने बेलायतबाट फर्किने नेपालीहरुलाई जजीरा एयरलाइन्सले नेपाल ल्याउने छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ११ : ५८ बजे

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल