चट्याङ लागेर मकवानपुरमा दुईको मृत्यु | Khabarhub Khabarhub

चट्याङ लागेर मकवानपुरमा दुईको मृत्यु


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ ।

सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ । अविरल वर्षाले तरकारी बालिमा असर पारेको स्थानीय किसानको गुनासो छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १ : ४८ बजे

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै

बलिउड अभिनेता धर्मेन्द्र देवलको निधन

काठमाडौं– भारतीय सिनेमाका कुनै बेला सर्वाधिक ‘ह्यान्डसम म्यान’ र ‘हिम्यान’

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाडौं– राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवर्क्स),