विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज राई पेस्तोलसहित पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज राई पेस्तोलसहित पक्राउ


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी-  प्रतिबन्धित विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धरानबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनकुटाको शहिदभुमी गाउँपालिका–६ घर भएका २७ बर्षीय राईलाई बुधबार राति धरान १५ बाट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्याल धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनलाई विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राई नेकपा विप्लव समूहको जिल्ला इञ्चार्जको जिम्मेवारीमा भएको पनि डिएसपी बस्नेतले बताए ।

बुधबार पक्राउ परेका राईलाई आज (बिहिबार) बिहान सोधपुछ गर्ने क्रममा उनको मोटरसाइकलको सिटमुनी प्लाष्टिकभित्र लुकाएको अवस्थामा हतियार र गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको सिटमुनि मेडि इन युएसए लेखिएको अटोमेटिक पेस्तोल एक थान वरामद भएको छ भने एक थान म्याग्जिन र त्यसमा लोड भएको ३ राउण्ड गोली पनि वरामद भएको उनले बताए ।

साथै, २ थान मोवाइल र ६ थान सिम पनि वरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई हातहतियार खरखजना मुद्दामा अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान जारी रहेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ५ : २४ बजे

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै

बलिउड अभिनेता धर्मेन्द्र देवलको निधन

काठमाडौं– भारतीय सिनेमाका कुनै बेला सर्वाधिक ‘ह्यान्डसम म्यान’ र ‘हिम्यान’

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाडौं– राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवर्क्स),