त्रिभुवन विमानस्थलमा आज १५ उडान, कहाँबाट कतिको उद्धार ? | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलमा आज १५ उडान, कहाँबाट कतिको उद्धार ?


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएका थिए । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् । आज नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका दुई जहाज नेपाली ल्याउन बहराइन उडेको विमानस्थलले जनाएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले विज्ञप्तिमार्फत जनाएको छ । जजीरा एयरलायन्सले कुवेतबाट १४६ यात्रु र एक बच्चा ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन पुनः कुवेत उडेको छ ।

कतार एयरवेजले दोहाबाट १४७ यात्रु काठमाडौँ ल्याएको छ । फ्लाइ दुबईले दुबईबाट १८९ यात्रु र एक बच्चा ल्याएको छ । सोही एयरलाइन्सको अर्को उडानले जम्मा एक यात्रु काठमाडौँ ल्याएको जनाइएको छ ।

शुक्रबार पनि अन्तराष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका विमानस्थलले सार्वजनिक गरेको छ । दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर र मेलबर्नमा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : ४४ बजे

परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत

सहकारी ठगी प्रकरण : रविसहितको मुद्दामा बिहीबार आदेश आउने सम्भावना

कास्की- पोखरास्त सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र अपचलन मुद्दामा

तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

ल्हासा– दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार बिहान

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकैदिनमा २०

नेपालगञ्जमा मो:मो महोत्सव हुँदै

जानकी– नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मो:मो महोत्सव आयोजना हुने भएको