सुरक्षालाई राजनीतिमा चासो ! | Khabarhub Khabarhub

सुरक्षालाई राजनीतिमा चासो !


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभर गरिएको लकडाउनका कारण फिल्मकर्मीहरु फुर्सदिला छन् । प्रायः कुनै न कुनै काममा व्यस्त रहने कलाकार यतिबेला फिल्म क्षेत्रका समस्या र विकृतिका बारेमा आवाज उठाउन थालेका छन् ।

नेपाली फिल्मकर्मीहरु यतिबेला नातावाद र कलाकारले पाउने पारिश्रमिकदेखि फिल्म क्षेत्रका मसिना समस्याहरुमाथि पनि छलफल गरेका छन् ।

नायिका सुरक्षा पन्त भने फिल्म क्षेत्रका मात्र विसङ्गतिमा केन्द्रित छैनिन् । उनले देशमा भइरहेको भ्रष्टाचार, सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाउने गरेकी छिन् ।

केही समयअघि कोरोना नियन्त्रण गर्न सरकार असफल भएको भन्दै सडकमा आन्दोलन गरेका युवाको पक्षमा पनि पन्तले आवाज उठाएकी थिइन् । सरकारलाई सचेत गराउनका लागि भन्दै उनले ‘इनफ इज इनफ’ भन्दै आन्दोलनमा उत्रेका युवाहरुको समर्थन गरेकी थिइन् ।

त्यसो त सुरक्षा करिअर शुरु गर्नुअघि पनि सरकारलाई सचेत गराउन आवाज उठाउने गर्थिन् । अहिले भने सुरक्षाले कोरोनाले निम्त्याएको विपदमा सरकारले गरेको लापरवाहीको विरोध जनाउन थालेकी छिन् । धेरैजसो कलाकारलाई खानपान र फिल्मबारे चासो छ । तर, सुरक्षाको भने राजनीतितर्फ बढी चासो देखिएको छ ।

केही समयअघि आन्दोलनका लागि तयार पारिएको ग्रुप ‘इनफ इज इनफ’ मा उनी मोडरेटर पनि थिइन् । पछि विवाद भएपछि उनी मोडरेटरबाट हटेकी थिइन् ।

यद्यपि सुरक्षाले सरकारलाई ‘अब त अति भयो’ भन्दै खबरदारी गरिरहेकी छिन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १२ : २३ बजे

घट्यो सुनको मूल्य

काठमाडौं– सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ : प्रचण्ड

ललितपुर– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी