सुरक्षालाई राजनीतिमा चासो ! « Khabarhub

सुरक्षालाई राजनीतिमा चासो !


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभर गरिएको लकडाउनका कारण फिल्मकर्मीहरु फुर्सदिला छन् । प्रायः कुनै न कुनै काममा व्यस्त रहने कलाकार यतिबेला फिल्म क्षेत्रका समस्या र विकृतिका बारेमा आवाज उठाउन थालेका छन् ।

नेपाली फिल्मकर्मीहरु यतिबेला नातावाद र कलाकारले पाउने पारिश्रमिकदेखि फिल्म क्षेत्रका मसिना समस्याहरुमाथि पनि छलफल गरेका छन् ।

नायिका सुरक्षा पन्त भने फिल्म क्षेत्रका मात्र विसङ्गतिमा केन्द्रित छैनिन् । उनले देशमा भइरहेको भ्रष्टाचार, सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाउने गरेकी छिन् ।

केही समयअघि कोरोना नियन्त्रण गर्न सरकार असफल भएको भन्दै सडकमा आन्दोलन गरेका युवाको पक्षमा पनि पन्तले आवाज उठाएकी थिइन् । सरकारलाई सचेत गराउनका लागि भन्दै उनले ‘इनफ इज इनफ’ भन्दै आन्दोलनमा उत्रेका युवाहरुको समर्थन गरेकी थिइन् ।

त्यसो त सुरक्षा करिअर शुरु गर्नुअघि पनि सरकारलाई सचेत गराउन आवाज उठाउने गर्थिन् । अहिले भने सुरक्षाले कोरोनाले निम्त्याएको विपदमा सरकारले गरेको लापरवाहीको विरोध जनाउन थालेकी छिन् । धेरैजसो कलाकारलाई खानपान र फिल्मबारे चासो छ । तर, सुरक्षाको भने राजनीतितर्फ बढी चासो देखिएको छ ।

केही समयअघि आन्दोलनका लागि तयार पारिएको ग्रुप ‘इनफ इज इनफ’ मा उनी मोडरेटर पनि थिइन् । पछि विवाद भएपछि उनी मोडरेटरबाट हटेकी थिइन् ।

यद्यपि सुरक्षाले सरकारलाई ‘अब त अति भयो’ भन्दै खबरदारी गरिरहेकी छिन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १२ : २३ बजे

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा