सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप ३५ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ९३ जनाको स्बाव परीक्षण गरिएको थियो । अस्पतालले ३५ जनामा कोरोना कोभिड–१९ पुष्टि भएको जनाएको छ ।

नयाँ थपिएका संक्रमितहरू कैलालीका ७ जना, डोटीका २५ जना, वैतडीका २ जना र कञ्चनपुरका एक जना छन् ।

उनीहरू मध्ये २० देखि ६२ वर्ष सम्मका ७ जना महिला रहेका छन् भने, ६ र १२ वर्षका दुई बालक सहित १८ देखि ५० वर्ष सम्मका २८ जना पुरुष छन् ।

प्रयोगशालामा परीक्षण गरिएका ८ हजार ९ सय ९५ स्वाब परीक्षणमा ६ सय ९७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

No photo description available.

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ३ : २१ बजे

शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

राँझा– मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना  गृह बाँकेले

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

काठमाडौं– सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा

अघि बढ्यो तीन दिन रोकिएको कांग्रेस बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सानेपामा सुरु भएको छ ।