दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।राप्ती अस्पताल नजिकै प्रहरीले फेला परेकी उनको उपचारका लागि राप्ति अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्युपछि उनको स्वाबको नमुना परीक्षणका लागि लगिएकोमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

अन्दाजी ३० वर्षकी उनको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

११ असारमा स्वाब संकलन गरी जाँच गर्दा १२ असारमा नतिजा पोजेटिभ आएको थियो । ती महिलाको परिचय अझै खुल्न सकेको छैन । उनको बारेमा जानकारी लिने प्रयास भइरहेको डा. गौतमले बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताए।

योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा जम्मा ४८ जना उपचारपछि निको भएर घर फर्केका छन्।

हालसम्म नेपालका ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको उनले बताए ।

 

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ५ : ०८ बजे

भारत–तालिबान नजिकिँदा पाकिस्तान असन्तुष्ट

इस्लामावाद- अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि

प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौंं– प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई बढुवा

‘यस्तै अराजकता रहिरहे म फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्दै गयो’

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

काठमाडौं– एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले

कहिल्यै आएन पिठो सस्तिने शासन

कहालीलाग्दो विनासको छायाँ ओझेल नपर्दै राजनीतिभित्र मानवता खरानी बनाउने तमासा