पहिरोका कारण कालिकोटका १५० घरघुरी जोखिममा | Khabarhub Khabarhub

पहिरोका कारण कालिकोटका १५० घरघुरी जोखिममा


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कालिकोट- कालिकोटको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा रहेका छन् ।

अविरल वर्षापछि बिहीबार राति गएको पहिराका कारणले बस्ती नै जोखिम परेको हो ।

सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी सिंहले बताए ।

‘गाउँको सिरानमा पहिरो आएको छ ।’ उनले भने,‘बस्ती नै जोखिममा परेको कारणले अहिले सबै मानिस त्रसित छन् । पहिरोका कारणले खानेपानीको पाइप पनि भत्किएको छ । बस्तीमा अहिले खानेपानीको समस्या भएको छ ।’

अहिले बस्तीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष दानकला सिंहले बताए ।

‘बस्ती पहिरोको जोखिममा परेको छ’, उनले भने, ‘बस्ती सार्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : २६ बजे

४० लाख नगदसहित २ हुन्डी कारोबारी पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित भारतीय र नेपाली नागरिकलाई

नीति, कार्यक्रममा समावेश विषय यथास्थितिको निरन्तरता : सांसद श्रेष्ठ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सरकारको नीति

प्रधानमन्त्री ओलीले भने- नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो भएन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा

बेलायतले भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्ने

लण्डन– भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग

चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग

काठमाडौं – चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा