स्वदेश फर्कन चाहने जापानमा रहेका नेपालीले असार १६ सम्म फाराम भरिसक्नुपर्ने | Khabarhub Khabarhub

स्वदेश फर्कन चाहने जापानमा रहेका नेपालीले असार १६ सम्म फाराम भरिसक्नुपर्ने


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानमा रहेका नेपालीले नेपाल फर्किनुपर्ने अवस्था रहेको भए यही जुन ३० (असार १६) भित्र फाराम भरिसक्नुपर्ने जापानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै छुटेका नेपालीलाई नेपाल ल्याउन फाराम भर्ने समय सीमा तोकेको हो । समयमा फाराम नभरे तत्काल स्वदेश फर्कन नपाउने पनि दूतावासले जनाएको छ ।

दूतावासको पहलमा यसअघि जुन २० र २५ मा जापानमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याइएको थियो ।

‘उक्त मितिमा फाराम बन्द हुँदा फारा तत्पश्चात् फारा भर्न नमिल्ने र अन्य माध्यमबाट चार्टर उडानमा नेपाल जान पाउँ भनी आउने अनुरोधलाई समावेश गर्न नसकिने व्यहोरो समेत जानकारीका लागि अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

 

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : ५४ बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच