आईपीएल क्रिकेट : कोहलीको टिम बैंङ्लोरको लगातार चौथो हार « Khabarhub

आईपीएल क्रिकेट : कोहलीको टिम बैंङ्लोरको लगातार चौथो हार


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्चर्स बैंङ्लोरले लगातार चौथो हार ब्यहोरेको छ । भारतीय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको टोली बैंङलोर मंगलबार राति राजस्थान रोयलसँग उसुको घरेलु मैदानमा ७ विकेटले पराजित भएको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बैंङ्लोरले निर्धारित २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १ सय ५८ रन बनाएपछि राजस्थानले १ सय ५९ रनको लक्ष्य पाएको थियो ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको राजस्थानले १ बल बाँकी छँदै ३ विकेट गुमाएर १सय६४ रन बनाउँदै पुरा गर्यो । राजस्थानका लागि अविजित रहेका राहुल त्रिपाठीले ३४ रन बनाउने क्रममा विजयी छक्का प्रहार गरे । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै, जोस बटल्रले अर्धशतकसहित ५८ रन बनाए । उनले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गरे । स्टेभन स्मिथले ३८ रन र कप्तान अजिनक्या राहाणेले २२ रन बनाएका थिए । राजस्थानविरुद्ध बैंङ्लोरका युज्वेन्द्र चाहालले दुई र मोहम्मद सिराजले एक विकेट लिए ।

यसअघि, पहिलो ब्याटिङ गरेको बैंङ्लोरका लागि पृथ्वी पटेलले अर्धशतकसहित ६७ रन बनाए । उनले ९ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, मार्कुस स्टोनिसले ३१ रन बनाए भने कप्तान कोहलीले २३ र एबि डि भिलियर्सले १३ रन बनाए ।

बेैंङ्लोरविरुद्ध श्रयस गोपालले तीन विकेट लिए भने जोर्फा आर्करले १ विकेट लिए । बैंङ्लोरविरुद्धको खेलमा राजस्थानका बलर श्रयस गोपाल म्यान अफ दि म्याच घोषीत भए । उनले बेंङ्लोरका महत्वपूर्ण तिन विकेट लिएका थिए । जसमा कप्तान विराट कोहली, एबि डि भिलियर्स र सिम्रोन हेट्मायर छन् ।

जीतसँगै राजस्थानले ४ खेल खेलेको राजस्थानले २ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ भने लगातार चौथो हार ब्यहोरेको बैंङ्लोर लिगको पुछारमा रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : ३३ बजे

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित