फोर्डले ल्यायो विशेष अफर « Khabarhub

फोर्डले ल्यायो विशेष अफर


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपालका लागि फोर्डको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि.ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दै पछिल्लो ‘बीएस ६ कम्प्लेन्ट फोर्ड २०२०’ विशेष अफर ल्याएको छ।

यस अन्तर्गत ग्राहकले १०वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट, स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड बीमा सुविधा, विशेष नगद छुट, एक वर्षको बीमा, एक्सचेञ्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङका साथ अन्य सुविधा उपलब्ध गराएका छन्।

१० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने गर्दछ। कम्पनीको अनुसार अहिले यो अफर नेपाली बजारमा सबैभन्दा राम्रो हो किनकी फोर्डको २०२०मा बनेका बीएस ६ अन्तर्गत गाडीमा यो अफर मान्य छ।

जि.ओ अटोमोवाइल्सले फोर्ड अनलााइन शोरुम पनि सञ्चालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइन मार्फत चाहेको सवारी साधनको विशेषताहरु बुझ्न तथा हेर्न सकिन्छ। सो–रुममा रहेका प्रतिनिधिसँग अनलाइन सबै बुझ्न सकिन्छ र यसको सहायताले ग्राहकलाई आफ्नो रोजाईको गाडी खरिद गर्न सम्भव बनाएको छ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  २ : ०२ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक