कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका २ सैनिक संक्रमित « Khabarhub

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका २ सैनिक संक्रमित


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- कोरोना संक्रमण बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना सङक्रमणबाट मुत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार शव व्यवस्थापन गर्ने कार्यमा खटिएका नेपाली सेनाका २ व्यक्ति रहेका छन । संक्रमण देखिएका ३३ र ३४ वर्षका व्यक्ति हुन् ।

पन्थीका अनुसार सुरक्षित रुपमा नै शव व्यवस्थापन भैरहेको समयमा ठुलो पानी परिकाले कतै र्‍याल चुहिएको कारण संक्रमण भएको हुनसक्छ । उनीहरुको स्वास्थ्य कार्यालयले स्वाव संकलन गरेर परिक्षणका लागि पठाएको थियो ।

शव व्यवस्थापन भएदेखि नै उनीहरुलाई आइशोलेशनमा राखिएकोले समुदाय सुरक्षित रहेको हुँदा चिन्ता लिनु नपर्ने सुचना अधिकारी पन्थीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार मुत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरिएको थियो । संक्रमीत व्यक्तिको मृत्यु भएपछि २ दिनपछि नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो सँगै जिल्लामा संक्रमितको कुल संख्या ४ सय ४६ पुगेको छ । संक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

आईसोलेसनमा बसेका सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमण हुनेको संख्या बढेसङ्गै पाल्पामा आइसोलेसन बेडको अभाव भएको छ । जसका कारण संक्रमण देखिएका ब्यक्तिलाई ब्यवस्थापनमा समस्या देखिएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १२ : १० बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल