कृषिमन्त्री भुसाल भन्छन्- कृषि क्षेत्रलाई सुधार गर्न मन्त्रालय लागि परेको छ « Khabarhub

कृषिमन्त्री भुसाल भन्छन्- कृषि क्षेत्रलाई सुधार गर्न मन्त्रालय लागि परेको छ


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तीन वर्षमा कृषि क्षेत्रलाई सुधार गर्ने योजना अनुसार मन्त्रालय अघि बढेको बताएका छन्।

विगत ४० वर्षदेखि बिग्रिएको नेपालको कृषि क्षेत्रलाई आगामी तीन वर्षभित्र सुधार गर्नु चुनौतीपूर्ण भए पनि मन्त्रालय लागि परेको उनको भनाइ छ।

शनिबार १७ औं राष्ट्रिय धान दिवसको अवसरमा एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिष्ट (अनाज) ले आयोजना गरेको ‘कोभिड-१९ कृषिमा संभावना र चुनौती’ विषयक अन्तरक्रियामा मन्त्री भुसालले यस्तो बताएका हुन्।

‘पछिल्लो ३०/४० वर्ष बिग्रिएको कृषिलाई तीन वर्षमा सपार्न खोजिएको छ’, मन्त्री भुसालले भने, ‘नयाँ कृषि व्यवस्थामार्फत कृषि क्षेत्रको सुधारका लागि मन्त्रालय लागिपरेको छ।’

विगतमा किसानभन्दा पनि मन्त्रालय र मन्त्री कसरी बलियो हुने भन्नेतर्फ केन्द्रित भएका कारण कृषिप्रधान मुलुक भएर पनि अधिकांश कृषि वस्तु आयात गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ।

भुसालले मन्त्रालयको पहलमा कृषि क्षेत्रको सुधारका लागि प्रदेश, स्थानीय तह, समुदाय, सहकारीलगायत सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको पनि बताएका छन्।

कोरोनालाई कृषि क्षेत्रको अवसरका रुपमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ। उनले कोरोना महामारीका कारण अन्य क्षेत्र धरासायी भएपनि कृषि क्षेत्र निरन्तर चलायमान रहेकै कारण खाद्यन्न अभावको अवस्था भोग्नु नपरेको बताए।

कृषिलाई बजारको जिम्मा छोडिदिने विगतको प्रवृत्ति कृषि क्षेत्रको विकासमा बाधक बनेको उनको भनाइ छ। कृषिविज्ञ डा. कृष्ण पौडेलले काम नगरी भाषणमात्रै दिने प्रवृत्तिका कारण नेपालको कृषि क्षेत्र अस्तव्यस्त बनेको बताए। इमान्दारीपूर्णक कृषि बजेट तथा कार्यक्रम कार्यान्वयन गरेमा कृषि क्षेत्रले गति लिने उनको भनाइ छ।

रासायनिक मलको प्रयोगभन्दा प्राङगारिक खेतीबाट बढी उत्पादन लिन सकिने दाबी गर्दै पौडेलले प्राङगारिक कृषिका लागि किसानसम्म सचेतना कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए।

किसान प्रतिनिधि कृष्णराज सुवालले किसानले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन नसकेकै कारण उत्पादनको उचित मूल्य पाउनै नसकेको गुनासो गरे। उनले बजारीकरणका लागि सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए।

पछिल्लो समय ३ लाख लगानी गरेर ७ लाख कमाउने लक्ष्यका साथ आफूले कृषि व्यवसायलाई अगाडि बढाएको भएपनि कोरोनाका कारण उल्टै २ लाख ऋण लागेको गुनासोसमेत उनको थियो।

कृषि अनुदानको दुरुपयोग, कृषि प्राविधिक किसानको खेतसम्म नपुग्ने समस्यालगायतका कारण किसानमा निरासा बढ्दै गएको पनि उनले बताए। सुवालले खाद्यन्नमा आत्मनिर्भरताका लागि उत्पादनमा विविधिकरण गरी खानेवानीमासमेत परिवर्तन गरिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ३ : ४७ बजे

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक

पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी