जाह्नवी र अनन्याका फिल्म ओटीटीमा रिलिज हुँदैछन् ? « Khabarhub

जाह्नवी र अनन्याका फिल्म ओटीटीमा रिलिज हुँदैछन् ?


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण बलिउड सुस्ताएको छ । केही महिनादेखि फिल्म हल बन्द छन् । भारतमा लकडाउन जारी छ ।

फिल्म हल बन्द भएका कारण यतिबेला कैयन् फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन् ।

हालै अमिताभ बच्चन र आयुष्मान खुरानाको फिल्म ‘गुलाबो सिताबो’ पनि अनलाइन प्लेटफर्ममा रिलिज गरिएको थियो ।

भारतीय मिडियाका अनुसार चर्चामा रहेको जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ र अनन्या पाण्डेको फिल्म ‘खाली पीली’ पनि अब सीधै ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।

जी च्यानलले यी दुई फिल्मलाई किन्न चाहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जाह्नवीको अभिनय रहेको फिल्म ‘गुञ्जन सक्सेना’ को काम सकिएको छ । अनन्या पाण्डे र इसान खट्टरको फिल्म ‘खाली पीली’ को केही काम बाँकी छ ।

दुवै फिल्मलाई राम्रो विषयवस्तु भएका फिल्म मानिएको छ । जाह्नवीको फिल्म ‘गुञ्जन सक्सेना’ नेटफिल्क्सले पनि किन्न सक्ने सम्भावना छ ।

बलिउडमा कैयन् फिल्म रिलिज हुन नपाएर रिलिजको पर्खाइमा छन् । कोरोना महामारीपछिको सामान्य हुन अझै समय लाग्ने देखिएको छ । जसकारण निर्माताले आफ्ना फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरिरहेका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १२ : ०३ बजे

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म