सरकारलाई कांग्रेसको सुझाव – सलहको क्षति कम गर्न गम्भीर बन « Khabarhub

सरकारलाई कांग्रेसको सुझाव – सलहको क्षति कम गर्न गम्भीर बन


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सलह किराको क्षति कम गर्ने कदम चाल्न सरकारलाई सुझाव दिएको छ । कांग्रेसले सलह किराको रोकथाम र नष्ट गरी यसबाट हुने क्षति न्युनीकरणको उचित उपाय निकाल्न आग्रह गरेको हो ।

पार्टीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिले आइतबार विज्ञप्ति जारी गरी सलह किराबाट हुने सम्भावित क्षतिप्रति ध्यान दिँदै क्षति न्यूनिकरणका लागि गम्भीर हुन माग गरेको हो ।

सरकारी निकायले यो विनाशकारी किरा प्रवेश गर्ने सम्भावना कम रहेको भन्दै प्रभावकारी ढंगले पूर्वतयारी नगरेकामा कांग्रेसले आपत्ति जनाएको छ ।

काग्रेसको कृषि तथा पशुपंछी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले विज्ञप्तिमा लेखेका छन् ‘सरकारको यस किसिमको उदासिन प्रवृत्तिले नेपालीलाई एक पछि अर्को आघात पुगेको छ ।’

नेपालको प्रदेश २ र प्रदेश ५ का विभिन्न जिल्लामा शनिबार सलह प्रवेश गरेको छ ।

कास्की पोखराको महतगौंडा र लमजुङको सुन्दरबजारमा पनि सलह किरा देखिएको छ । बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दर बजारमा सलह देखिएको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : २१ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत