वीरगञ्जमा उपचार गराइरहेका २१ जनाले कोरोना जिते | Khabarhub Khabarhub

वीरगञ्जमा उपचार गराइरहेका २१ जनाले कोरोना जिते


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जबाट आइतबार थप २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएको अस्पतालका को–ओर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

संक्रमित भई उपचार गराइरहेका उनीहरुको लागातार दुई वटा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको सिंहले बताए। निको भएर घर फर्किनेमा तीन जना महिला र १८ जना पुरुषहरु छन् ।

कोरोनालाई जितेर घर फर्किनेहरुमा पर्साको बिन्दबासिनी गाउँपालिकाका १० जना,पटेर्वा सुगौली गाउँपालिकाका दुई,पोखरिया नगरपालिकाका पाँच, पर्सागढी नगरपालिकाका जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी र धोबिनीका एक/एक जना छन्।

आइतबार अस्पतालबाट २१ जना डिस्चार्ज भएसँगै अब कोरोना विशेष अस्थायी गण्डक अस्पतालमा ६ जना मात्रै कोरोना संक्रमितहरुको उपचार भइरहेको छ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ३ : ५६ बजे

आयोजक सम्झौताबाट हटेपछि बिक्कीको टोलीको अमेरिका टुर रोकियो

काठमाडौं – ‘फ्लाई नेपा’ले अमेरिकामा तय गरेको कार्यक्रम ‘अब हाँस्छ

गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

नारायणगढ– गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय

जलवायु परिवर्तन र मुस्ताङको सकस

काठमाडौं– जलवायु परिवर्तनले विश्वलाई प्रभावित पार्दै आइरहेको छ । यो

इरानबाट विद्यार्थीसहित १० हजार नागरिकलाई उद्धार गर्ने भारतको तयारी

नयाँदिल्ली– इजरायलयसँगको युद्ध चर्किँदै गएपछि भारतले इरानमा रहेका आफ्ना १०

आँप खाँदा आउन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

काठमाडौं- यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ । यसै