कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको आगामी मंगलबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले १६ गते १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो ।

पदाधिकारी बैठकमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल भएको नेता रमेश लेखकले बताए ।

उनले भने,‘ १४ औं महाधिवेशन फागुनका लागि तोकिएकोमा त्यसको कार्यतालिका परिमार्जन गरेर जाने भन्ने विषयमा आज छलफल भयो ।’

कोरोनाका कारण रोकिएको सदस्यता वितरण, नवीकरण लगायतका कामहरुलाई कसरी व्यवस्थित बनाउदै लैजाने भन्ने विषयमा समेत छलफल भएको नेता लेखकले बताए ।

उनले भने,‘क्रियाशील सदस्यता वितरण, स्थानीय तहको अधिवेशन कोरोनाका कारण प्रभावित बनेको छ । आगामी फागुनमै महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भयो ।’

कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति यस अघि नै तोकिसकेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ७ : ११ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच