चेल्सी एफए कपको सेमिफाइनल प्रवेश « Khabarhub

चेल्सी एफए कपको सेमिफाइनल प्रवेश


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चेल्सी एफए कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा लेष्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

लेष्टरको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जीतमा रोस बार्क्लीले गोल गरे ।

चेल्सीसँग खेलको पहिलो हाफ गोलरहित बराबरी सकाएको लेष्टर दोस्रो हाफमा सम्हालीन नसक्दा हार जोगाउन सकेन ।

खेलको ६३ औं मिनेटमा बार्क्लीले निर्णायक गोल गरेका थिए । यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ ।

आइतबारै भएको अर्को खेलमा आर्सनल सेफिल्ड युनाइटेडलाई पराजित गर्दै एफए कपको सेमिफाइनल पुगिसकेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : १७ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको