कोरोना भाइरस : विश्वभर २४ घण्टामा १ लाख ६३ हजारभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर २४ घण्टामा १ लाख ६३ हजारभन्दा बढी संक्रमित


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ६३ हजार ८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड २ लाख ३८ हजार १९९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४५४ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५५ लाख ४९ हजार ७२९ पुगेको छ भने ४१ लाख ८४ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ७२५ जनाको मृत्यु भएको छ ।

२४ लाख १३ हजार ५१९ जना संक्रमित भएकोमा १३ लाख ५० हजार २९६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६६ हजार ३८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख ७१ हजार १९४ पुगेको छ । त्यसमध्ये १३ लाख ३० हजार ३३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५४ हजार ७८६ जनाको मृत्यु भएको छ । २२ लाख ११ हजार ४३३ जना संक्रमित भएकोमा १४ लाख ४० हजार ५६५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८२ हजार ३४० जनाको मृत्यु भएको छ । २१ लाख ४६ हजार ६६८ जना संक्रमित भएकोमा १२ लाख ३२ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ९६९ जनाको ज्यान गएको छ भने ३ लाख ८५ हजार १६९ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८५ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ३२४ जना संक्रमित भएकोमा ८ हजार ५७० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : २३ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा