कोरोना भाइरस : विश्वभर २४ घण्टामा १ लाख ६३ हजारभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर २४ घण्टामा १ लाख ६३ हजारभन्दा बढी संक्रमित


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ६३ हजार ८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड २ लाख ३८ हजार १९९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४५४ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५५ लाख ४९ हजार ७२९ पुगेको छ भने ४१ लाख ८४ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ७२५ जनाको मृत्यु भएको छ ।

२४ लाख १३ हजार ५१९ जना संक्रमित भएकोमा १३ लाख ५० हजार २९६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६६ हजार ३८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख ७१ हजार १९४ पुगेको छ । त्यसमध्ये १३ लाख ३० हजार ३३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५४ हजार ७८६ जनाको मृत्यु भएको छ । २२ लाख ११ हजार ४३३ जना संक्रमित भएकोमा १४ लाख ४० हजार ५६५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८२ हजार ३४० जनाको मृत्यु भएको छ । २१ लाख ४६ हजार ६६८ जना संक्रमित भएकोमा १२ लाख ३२ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ९६९ जनाको ज्यान गएको छ भने ३ लाख ८५ हजार १६९ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८५ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ३२४ जना संक्रमित भएकोमा ८ हजार ५७० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : २३ बजे

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड

आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि

काठमाडौं- शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न