मध्य भोटेकोशी आयोजनाका मजदूर बेपत्ता | Khabarhub Khabarhub

मध्य भोटेकोशी आयोजनाका मजदूर बेपत्ता


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची – निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन् ।

भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आज बिहान १० बजे किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महिनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत आयोजनामा काम गर्दै आएका थिए ।

बेपत्ता मजदूरको प्रहरी र स्थानीयवासीबाट निरन्तर खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ४२ बजे

५० हजार धरौटी बुझाएर रिहा भए निकोलस भुसाल

काठमाडौँ- समाजको शान्ति सुरक्षा भाँड्ने गरी अभिव्यक्ति दिएको आरोपमा कात्तिक

पार्टीभित्र एकअर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातीः प्रवक्ता महत

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत

उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय

मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप