तीन दिन लगातार वर्षा हुने, बाढी पहिरोको जोखिम उच्च | Khabarhub Khabarhub

तीन दिन लगातार वर्षा हुने, बाढी पहिरोको जोखिम उच्च


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुन सक्रिय भएपछि केही दिनदेखि जारी वर्षा कम्तीमा अरू तीन दिन नरोकिने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भू-भागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ ।

दिउँसोसम्म प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । आजै राति मुलुकका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

यस्तै मंगलबार र बुधबार पनि मुलुकभर वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मुलुकभर वर्षा नरोकिँदा विभिन्न नदी तथा खोला-खोल्सीमा पानीको वहाव उच्च भई बाढी पहिरो एवं डुबानको खतरा रहेकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।

महाशाखाले भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले हिँडडुल गर्दा पनि सावधानी अपनाउन आह्वान गरेको छ ।

महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मुलुकका विभिन्न स्थानमा न्यूनतम २ मिलिलिटरदेखि अधिकतम १३० मिलिलिटरसम्म वर्षा भएको छ ।

दिपायलमा २.४ मिलिलिटर वर्षा हुँदा धनगढीमा ३.५, वीरेन्द्रनगरमा १२.३, नेपालगञ्जमा १८,  घोराहीमा २५.४ र पोखरामा २७.८ मिलिलिटर वर्षा भएको छ ।

यस्तै भैरहवामा ११४.५ मिलिलिटर, सिमरामा ३५.६, काठमाडौंमा ९.४, ओखलढुंगामा ३.४, ताप्लेजुङमा १२.९, धनकुटामा ९.४, विराटनगरमा ८७.१, धरानमा १२.३, लुम्लेमा ३४.७ तथा जनकपुरमा १३० मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

कन्काई, कोशीसहितका नदीको बहाव बढ्ने

आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी ३ दिन कन्काईको केही सहायक नदीमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने भएकाले नदी आसपास क्षेत्रका बस्तीमा सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ७ : १७ बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र