त्रिभुवन विश्वविद्यालयको ६१औं स्थापना दिवस मनाइँदै « Khabarhub

त्रिभुवन विश्वविद्यालयको ६१औं स्थापना दिवस मनाइँदै


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आज सोमबार ६१औं स्थापना दिवस मनाउँदै छ ।

लकडाउनका कारण गत चैत ७ गतेदेखि बन्द रहेको विश्वविद्यालयले आउँदो दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थी संख्यासहितको ग्रेस लिस्ट पारित गर्ने भएको छ ।

त्रिविसभाको बैठकले ग्रेस लिस्ट पास गरेपछि ती विद्यार्थी पुसमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुने छन् । सभाले ५६ हजार ७ सय १३ जनाको ग्रेस लिस्ट पास गर्नेछ ।

विसं २०७६ असार १ गतेदेखि २०७७ जेठ मसान्तसम पीएचडीदेखि स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीको नाम ग्रेस लिस्टमा समावेश हुनेछ ।

प्रधानमन्त्री एवं त्रिविका उपकुलपति केपी शर्मा ओलीको उपस्थिति नहुने भएपछि सभाको अध्यक्षता सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल गर्नेछन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ७ : २७ बजे

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले